परयवरणक वजञनक वशलषणक वधहर र नपलक अनभव
Résumé fourni par la source
यस लेखमा पर्यावरणीय समस्याहरूमाथि गरिएको वैज्ञानिक विश्लेषण प्रस्तुत गरिएको छ । यसमा विश्वलगायत नेपालजस्ता मुलुकहरूले भोग्दै आएको पर्यावरणीय समस्या, जलवायु परिवर्तनसम्बन्धी समस्याहरूको लेखाजोखा र निचोड प्रस्तुत गरिएको छ । मानव समुदाय अझ भनौँ सीमान्तीकृत समुदाय र सीमान्त विकासको सूचकाङ्कमा परेका राष्ट्रहरूले भोग्दै आएका विभिन्न वातावरणीय क्षेत्र र त्यसले मानवीय, सामाजिक, आर्थिक, सांस्कृतिक तथा भौतिक अवस्थामा पारेका प्रभावहरू र त्यसको वैज्ञानिक आधारहरूको मिहिन विश्लेषण गर्ने प्रयास गरिएको छ । अझ सूक्ष्मतम् रूपमा भन्नुपर्दा पर्यावरणीय समस्यामा नेपालको सन्दर्भ, विद्यमान चुनौतीहरू र भविष्यको दिशाबारे विस्तृत चर्चा गरिएको छ । वैज्ञानिक विश्लेषणले वातावरणीय समस्याहरूको पहिचान, कारणहरूको खोजी, प्रभावहरूको मूल्याङ्कन र समाधानका उपायहरू विकास गर्न वस्तुनिष्ठ र प्रमाणमा आधारित धारणाहरू विकास गर्ने मार्ग प्रशस्त गर्छ । अवलोकन, प्रयोगात्मक अध्ययन, नमुना सङ्कलन र प्रयोगशाला विश्लेषण, गणितीय मोडेलिङ, भौगोलिक सूचना प्रणाली (GIS) र दूर संवेदन (Remote Sensing) जस्ता विधिहरू प्रयोग गरेर वायुमण्डल, जलभण्डार, भूमि र जैविक मण्डलको विस्तृत अध्ययन गर्ने गरिन्छ । मानवीय गतिविधिहरूले उत्पन्न गराएको जलवायु परिवर्तन, प्रदूषण, जैविक विविधताको ह्रासजस्ता समस्याहरूको गहिराइमा पुग्न र तिनको न्यूनीकरणका लागि वैज्ञानिक विश्लेषण अपरिहार्य छ । नेपालजस्तो भौगोलिक र जैविक विविधताले भरिपूर्ण भए पनि वातावरणीय रूपमा संवेदनशील मुलुकका लागि यसको अझ धेरै महŒव रहेको छ । यद्यपि तथ्याङ्कको अभाव, स्रोतसाधनको कमी, भौगोलिक, आर्थिक अनि राजनीतिक जटिलता र अन्तर्विषयक समन्वयको अभावजस्ता चुनौतीहरू विद्यमान छन् । यी चुनौतीहरूलाई सम्बोधन गर्दै उन्नत प्रविधि र एकीकृत दृष्टिकोण अपनाएर दिगो भविष्य सुनिश्चित गर्न पर्यावरणीय पक्षको वैज्ञानिक विश्लेषण अपरिहार्य छ ।
Ce résumé expose les affirmations des auteurs. BNTIC ne l’interprète pas comme une validation indépendante des résultats.
Contrôle bibliographique ouvert
DOI retrouvé dans Crossref DOI retrouvé, mais le titre doit être comparé manuellement.
- Titre Crossref
- पर्यावरणको वैज्ञानिक विश्लेषणका विधिहरू र नेपालको अनुभव
- Date Crossref
- 21/07/2025
- Éditeur
- Nepal Journals Online (JOL)
- Type
- journal-article
Ce recoupement confirme des métadonnées liées au DOI. Il ne confirme ni la méthode ni les conclusions de l’étude et ne compte pas comme une seconde source scientifique indépendante.